Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


परदेशी साथी

--कमला सरूप

 

        हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ हुन नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा , तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन ' घुम्न मन पराउने मान्छे' उसले मेरो दाहिने हात समात्दै भन्यो झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ यसरी आज , वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्‍नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ तर यतिखेर उसले समाजलाई बिर्सेको निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको

        'जीवन यति छोटो कि धेरै ठाउँमा घुम्न पनि यति छोटो जीवन समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरामा नै मैले विश्वास गर्न सकिरहेको छैनँ तर जे भए पनि तिमीलाई माया गर्छु, मन पराउँछु त्यसैले हामी टाढा घुम्न जाने है ! तिमीसँग धेरै कहिल्यै नसकिने कुरा गर्नु छ मलाई मृत्युकै जस्तो आभास पो भएको ' उसको आँखामा अव्यक्त पीडा थियो त्यो मैले नदेखेरै महसुस गरेकी थिएँ हाम्रो सम्बन्ध सधैँ जीवित रहनुपर्छ जस्तोसुकै अवस्थामा पनि सम्बन्ध बाँच्नुपर्छ

उसले कुराकानी सुरु गर्‍यो भने गम्भीर भएँ ' गम्भीर मान्छेलाई मन पराउँदिनँ, मान्छेले खुसी हुन जान्नुपर्छ गम्भीर मान्छेहरूका विचार उनीहरूसँगको सम्बन्धले चिसोपनमात्रै बढाउँछ, मैले सोचेको कुरा पनि यही नै हो ' लगातार बोलिरहेको सुनिरहेकी छु मेरो गम्भीरतालाई उसले त्यति महत्त्व दिएको जस्तो मैले महसुस गरिनँ मैले भनेँ ' देश घर सम्झेर रोइरहेकी छु मलाई थाहा कति एक्लोपन हुँदो रहेछ घर देशबाट टाढा बिरानो ठाउँमा आउँदा। 'एकताका पनि गम्भीर थिएँ तिमी जस्तै, तर आज खुसी छु किनभने मैले बाँच्न सिकेको छु ' उसले सान्त्वना दिन खोज्यो मेरो कुरा सुनेर उसले त्यति ध्यान दिएजस्तो लागेन

साँझको लगभग ६ बजेको डुङ्गाभित्र हामीहरू कतै पूर्वको सहरमा जान तम्तयार भएका छौं डुङ्गाभित्र मान्छेहरूको भीड बढेको मान्छेहरू नाचिरहेका छन्, यस्तो लाग्छ यो उनीहरूको खुसियालीको समय हो मैले कल्पना पनि गरेकी थिइनँ मानिसहरू यति धेरै खुसी प्राप्त गर्न सक्छन् झमक्क साँझ पर्न लागेर पनि होला परपर देखिने सानातिना डुङ्गाहरू सँगसँगै बगिरहेका छन् ठूलाठूला घरहरू, दक्षिणपट्टिको हरियो ठूलो चौर पूर्वपश्चिम फर्किएको मोनुमेन्टका दरबारले मन्त्रमुग्ध बनाएको मैले भनेँ 'जीवनमा बाँच्न सिक्नु भनेको सायद सबै भन्दा कठिन काम हो गम्भीरता क्षणिक हुन्छ जस्तै खुसीहरू सधैँ टिक्दैनन् तर बाँच्ने कला भनेको अत्यन्तै गाह्रो कुरा हो मान्छे सजिलै बाँच्न सक्दैन ' मैले एकैसासमा भनेँ उसलाई हेरेँ हातमा पुराना किताबहरू पल्टाएर पढ्न व्यस्त देखिन्छ 'तिमीले जीवनमा कसैलाई प्रेम गरेकी थियौ ?' उसको अप्रत्याशित प्रश्नले झस्किएँ मैले भनेँ 'गरेकी थिएँ तर त्यो प्रेम मैले सोचेको जस्तो आदर्श प्रेम थिएन पानीको फोकाजस्तो क्षणिक थियो त्यो एक पीडादायक सम्झन नसकिने प्रेम थियो त्यो पूर्णतः पीडादायी थियो यतिखेर के पनि सोचिरहेकी छु भने मेरो प्रेमको त्यो उच्चताले किन जीवनको त्यो गरिमालाई छुन सकेन, मैले भनेँ फिस्स हाँस्यो 'तनावमा बाँच्नु व्यर्थको कुरा हो भन्ने मलाई लाग्दछ मान्छेमा तनाव भएमा उसले आफ्नो असीम शान्तिलाई गुमाउँछ त्यो बाँच्नका लागि खतरनाक हुन्छ ' उसले सम्झाउन खोज्यो अनि फेरि भन्यो 'पैसा कमाउनुपर्छ, अभावले दिने पीडा जीवनमा झन् निर्रथक खतरनाक हुन्छ।' पनि हाँसेँ

सडकमा मोटरहरूको लस्कर लागेको थियो मान्छेहरूको भीड नजानिँदो किसिमले बढेको थियो हामी बसेको डुङ्गा यतिखेर सडकछेउमा बगिरहेको थियो। 'सायद यो व्यस्त सडकमा मान्छेहरूलाई बिस्तारै हिँड्ने पनि फुर्सद छैन मान्छे बेफुर्सदी भएको नै राम्रो हुन्छ किनभने मान्छेको लागि त्यो ठूलो महत्त्वपूर्ण कुरा पनि हुन्छ ' उसले नै प्रश्नको जबाफ दियो बिस्तारै भन्यो, गम्भीर हुनु नहुनु जीवनमा त्यति महत्त्वपूर्ण कुरा हैन तर जीवनमा महत्त्वपूर्ण कुरा हो - जीवनलाई बाँच्न सिक्नु धेरै मान्छेले बाँच्न सिकेका छैनन् त्यसैले अल्मलिएका छन्, दुःखी छन् हतास छन् मलाई यस कुराले खुसी बनायो कि कमसे कम मेरो साथीले बाँच्न सिकेको पक्कै पनि तिमी व्यावहारिक हुनुपर्छ साथै भावुक पनि सायद तिमी पनि साहित्य मनपराउँदछौ होला हैन ? मैले एकैसासमा सबै कुरा सिध्याएँ मलाई उसको गम्भीरता गम्भीरताप्रतिको उसको टिप्पणी महत्त्वपूर्ण लागेको थियो

 उसले हाँस्दै भन्यो - ' अरूको सम्मान गर्नुपर्छ भन्ने पक्षको मान्छे