|
|
|
|
आशाहरू मोहन ठकुरी नीलो आकाशजस्तै फैलिएको छ बारुदको गन्ध कति प्रचेष्टामा ठेलेर पुर्याउँछु माथि टाकुरामा शान्तिको सन्देश गुडेर झर्छ यो- फेदमा सिसिफसलाई सम्झिरहन्छु म फेरि !
कति असहाय मान्छेको नामको म !
उठेर, तर फेरि हिमालको टाकुरामा पुग्ने हिम्मत उदाउँछ सधैँ पूर्वबाट घामसितै डढेलो लागेको मन शीतल पार्न आकाङ्क्षा झुल्किरहन्छ आकाशको जूनसितै त्यसो त मनको आकाशमा आशाका टिलपिल ताराहरू कति छन् कति कति छन् कति ! 'गरिमा'बाट साभार |