Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

आशाहरू

मोहन ठकुरी

नीलो आकाशजस्तै

फैलिएको छ

बारुदको गन्ध

कति प्रचेष्टामा

ठेलेर पुर्याउँछु

माथि

टाकुरामा

शान्तिको

सन्देश

गुडेर झर्छ यो-

फेदमा

सिसिफसलाई सम्झिरहन्छु

म फेरि !

 

कति असहाय

मान्छेको नामको म !

 

उठेर, तर

फेरि

हिमालको टाकुरामा पुग्ने

हिम्मत

उदाउँछ सधैँ पूर्वबाट

घामसितै

डढेलो लागेको

मन

शीतल पार्न

आकाङ्क्षा

झुल्किरहन्छ

आकाशको जूनसितै

त्यसो त

मनको आकाशमा

आशाका टिलपिल

ताराहरू

कति छन् कति

कति छन् कति !

'गरिमा'बाट साभार