Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

लघुकथा

विक्षिप्त दर्शन

दिलीप आचार्य 

उनको भनाइअनुसार उनी कार्यगत भ्रमणको सिलसिलामा नेपाल आएकी थिइन् विमानस्थलबाट बाहिरिएपछि तिनले एकजना कलिलो ठिटालाई आफ्नो सामान बोक् लगाएर आफ्नो गाडीमा राख् लगाइन् आफू कार्यमा व्यस्त रहँदा उनले आफ्नो गृहकार्य सरसफाइका लागि एकजना १३-१४ वर्षकी केटीलाई आफ्नो निवासमा राखिन्   करिब एक महिनाको काठमाडौँ-बसाइको क्रममा तिनले बौद्धमा गएर केटाकेटीले बुनेका गलैँचा किनिन्, न्युरोडमा बसेर स्कुल जाने उमेरको केटालाई आफ्नो जुत्ता पालिस गर्न लगाइन् कुनै दिन केटाकेटीलाई आफ्नो भारी बोक् लगाइन् कुनै दिन सडकछेउमा मकै पोलेर बेच्ने बालिकासँग मकै किनेर खाइन्    काठमाडौँपछि उनी नेपालका अन्य सहरहरूमा घुम् गइन्   पोखरामा तिनी १३-१४ बर्से केटोले चलाएको डुङ्गाबाट फेवातालमा घुमिन्, जनकपुरमा बालपन नै नगएको फुच्चेले चलाएको रिक्साबाट सफर गरिन् कतै खातेहरूलाई पैसा बाँडेर हिँडिन्, कतै गिट्टी कुट्ने बच्चाहरूसँग फोटो खिचेर रमिन्   यसरी आफ्नो कार्यगत भ्रमण सकेर उनी स्वदेश फर्किन्   उनी स्वदेश फर्केको केही समयपछि बजारमा यौटा नयाँ किताब आयो त्यसपछि मात्रै उनको कार्यको बारेमा सबैलाई थाहा भयो उनले सो किताब नेपालमा भएको बालश्रमको बारेमा लेखेकी थिइन बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन नहुने बारे सो किताबमा गहकिलो तर्क दिएकी थिइन्  

  काठमाडौँ।