Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

गजल

बूँद राना

मै हुँ भन्नेको नतिजा देखियो

मुटु छामेको त ढुङ्गा भेटियो।

 

माथि पुग्ने चाहना राम्रै थियो

माथि पुग्न शिरमाथि टेकियो।

 

मैनबत्ती के निभाएथे फुकी

भन्न थाले घामलाई छेकियो।

 

फुल्ने डाली झुक्तछ भन्थे तर

झुक्न खोज्दा जिन्दगी नै हेपियो।

 

यो विधिले सहनुको नाघ्यो सीमा

जिन्दगीकै राजीनामा लेखियो।

 

'बूँद'लाई चोट त्यो दुख्ला भनी

फूलमा राखेर घाँटी रेटियो।

 

भोलि उनको जीवनी पढ्नेछु म

दाग थियो त्यो जिन्दगीको मेटियो।