|
|
|
|
म भीष्म उप्रेती म आज जुलुस भएको छु नारा भएको छु ।
हिजो म घोर निराशा भएको थिएँ अस्ति असन्तुष्टि त्योभन्दा पहिले भर्याङ र त्योभन्दा पनि पहिले म केवल एउटा आकार थिएँ अर्थहीन ।
सोचिरहेको छु, के हुनुपर्छ वास्तवमा मान्छेको आँखामा- आगो कि सुन्दर सपना ? र के हुनुपर्छ मान्छेको हृदयमा- सघन आक्रोश कि कोमल भावना ?
मेरो चेतना ब्यूँझेको छ- घोर निद्राबाट, त्रास र नपुंसकताका सबै पर्खालहरू भत्काएर म पोखिएको छु सडकमा आगो भएर म आज जुलुस भएको छु नारा भएको छु ।
झापा
|