Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


   भन्सार

                     -लालगोपाल सुवेदी

 

भन्सारको त्यो खरदार कस्तो

शक्तिशाली तरबारजस्तो

कोही कसैको हतियारजस्तो

धर्ती भुलेको मतियारजस्तो

        ()

हरेक मैना बढिया कमाइ

मानौँ चारैतिर हाई-हाई

पाई बडाहाकिमबाट दृष्टि

गर्दै नौलो घरबार सृष्टि

        ()

सान नौलो परिधान नौलो

ठाँटै नौलो अभिमान नौलो

भन्दै - पारूँ अब यो भविष्य

भावी पिँढीको पनि झन् सुनौलो

        ()

आफ्नै प्राडो महँगो पजेरो

भन्छ व्यापार अपार मेरो

थप्नु मैले सुनको धुरी नै

यहीँ सिर्जूँ अलकापुरी नै

       ()

लरक्ककी होटलकी परीको

म्वाइँ मीठो नवसुन्दरीको

पैसा भए जे पनि गर्न सक्छु

सम्पूर्ण न्यायालय किन्न सक्छु

       ()

झुल्दा उता होटलभित्र राती

मन्त्री स्वयम् नै पनि बन्छ साथी

है अनौठो अनमोल झोल

गर्ने त्यही टेन्डरको कबोल

         ()           - स्याङ्जा