Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

    गजल

                        -खगेन्द्र गिरी 'कोपिला'

 

कसैको भाग्यमा पीडा कसैको मुस्कान

अचम्म अनौठो समय यो वर्तमान

 

सस्तो झगडा, व्यापक छन् विवादहरू

दुर्लभ किन्तु समस्याको समाधान

 

जङ्गलमा मान्छे सहरमा जनावर पसे

बेघर आजभोलि यहाँ भगवान्

 

बेइमानको देखिन्छ वाहवाही जताततै

इमान्दारको भने यहाँ अपमान

 

संसार स्वर्ग होला भनी नठान अहिल्यै

शकुनिहरूको राज अझै विद्यमान

 

कलमको दिन पनि आउनेछ जरुर

नसोच्नू सधैँ खुकुरी नै बलवान्

                                   -नेपालगन्ज