|
|
|
|
बहादुरको सपना - छवि ज्ञवाली
पोकापुन्तुरा, ब्याग र बक्साहरूमा खचाखच सामल बोकेर मथिङ्गलमा कल्पनाका रङ्गीन चचहुइ उफार्दै नजिकैका विस्फोटित बम, बारुद र एम्बुस पन्छाउँदै 'सुन्दर' भविष्यको आसैआसमा रूपान्तरण भइरहेछ एक यात्रु ।
घरपट्टिको कचकच सहँदै पानीको अभाव ब्यहोर्ने चर्को शुल्क तिरेर अँध्यारा साँगुरा बस्तीहरूमा हामफाल्ने गर्छ एक बहादुर र देख्ने गर्छ प्रत्येक सपनामा उज्यालो/फराकिलो जीवन, हरियो रानीवन र हाँसेजस्तै, नाचेजस्तै गर्दै प्रत्येक बसाइसराइमा गाउनेगर्छ- यात्रा रहेछ जिन्दगी......।
सिर्जनशील साहित्यिक समाज, भैरहवा
|