Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


   गजल

                                -बुद्धिसागर चपाईँ

 

हामीलाई पित्तल पनि सुन जस्तै लाग्छन्

माथिमाथि बस्ने जति जूनजस्तै लाग्छन्

 

झर्नुहुन्न भन्दाभन्दै झरिदिन्छन् आँखाबाट

हामीलाई खुसी पनि मनसुनजस्तै लाग्छन्

 

होली चल्यो रगतको पहाडदेखि तराईसम्म

आजभोलि हरमौसम फागुनजस्तै लाग्छन्

 

खोजी-खोजी हत्केलामा मिचीमिची मारे हुन्छ

जनता जब चामलका घुनजस्तै लाग्छन्

 

हाम्रो भन्नु पसिना हो, अरू सबै हजुरैको

हजुरले जे बोले 'नि कानुनजस्तै लाग्छन्

                              -अनामनगर, काठमाडौँ