|
|
|
|
गजल तुफान प्रसून अब आफूलाई बद्लेर देखाऊ जे भयो सब भुलेर देखाऊ
दुनियाँ तिमीलाई बेहोसी सम्झन्छ पलभर नै सही ब्यूँझेर देखाऊ
हेर, हरेक आँखा तिमीलाई हेरिरहेछ केही सवाल पो थियो कि सोधेर देखाऊ
आँखाभरि आँसु छिपाई हाँस्न खोज्नेले अझै पनि हर वर्षात्मा रुझेर देखाऊ
तिमी चुप छ्यौ र पो अँध्यारोअँध्यारो छ के होला र एकफेर हाँसेर देखाऊ ।
बछौली २, सौराहा, चितवन
|