Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गीत

शुभ मुकारुङ,

नलाग्नु मलाई रिन लाग्यो

अरूले ठाने दिन लाग्यो

रिनले पनि मलाई दिन पनि मलाई

भनिदेऊ ईश्वर किन यो ?

 

घरको छानो उडाउँदा हुरीले

रुझाउनैसम्म रुझायो झरीले

हुरी र झरी बेइमानी

छानो टाल्नमा रिन लाग्यो

अरूले ठाने दिन लाग्यो

नलाग्नु मलाई रिन लाग्यो

रिन पनि मलाई दिन पनि मलाई

भनिदेऊ ईश्वर किन यो -

 

गौँथलीजस्तो गुँड सार्न

पटक्कै मनले मानेन

पुर्खाको आँगन नछाड्दा

साँझ र बिहान टरेन

साँझ र बिहान बेइमानी

दुईछाक टार्न रिन लाग्यो

अरूले ठाने दिन लाग्यो

नलाग्नु मलाई रिन लाग्यो

रिन पनि मलाई दिन पनि मलाई

भनिदेऊ ईश्वर किन यो ?

 

हाल ललितपुर फोन ५५७१८०३ (घर)