Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

पी. एस. लिम्बू "निश्चल"

 

हिमालझैँ चुलिएर नभ छुन पाए हुन्थ्यो,

एकान्तमा टोलाएर एक्लै रुन पाए हुन्थ्यो ।

 

दुःख पीडा जीवनमा भोग्ने जति भोगिसकेँ,

तनावबाट अबचाहिँ मुक्त हुन पाए हुन्थ्यो ।

 

अँध्यारो छ चारैतिर विश्वासको दियो निभी,

जन्मोत्सवको उपहारमा जून पाए हुन्थ्यो ।

 

हाँसो के हो खुसी के हो कल्पनैमा सीमित भए,

हराएका ती हाँसो खुसी पुनः पाए हुन्थ्यो ।

 

तिरस्कार छ "निश्चल" लाई छैन आफ्नोपन,

माया पाउन सबैबाट शिशु हुन पाए हुन्थ्यो ।

 

सुनसरी, नेपाल

हालः दुबई