|
|
|
|
अर्न्तर्वेदना वत्सराज कोइराला, यो मनको गगनमा कति भाव छाए नयनमा हजारौँ मृदु स्वप्न आए सबै भाव अल्पे मरे स्वप्न सारा थिए जिन्दगीका तिनी नै सहारा ।
स्मृतिमा जति छन् लुकेका अतीत सबै चेतनामा छँदै छन् जीवन्त म कल्पेर बस्थेँ हुँदै अन्तःमुखी ती दिन सम्झँदामा अझै हुन्छु दुःखी ।
र जीवन-जगत्को जकडमा म अल्झेँ हँसाई, रुवाई फगतमा म बल्झेँ न चिन्तन नयाँ भो न दृष्टि नवीन थियो के, भयो के, रह्यो के मसित ।
थिए आस मीठा, भए ती खलास हतासा छ बढ्दो पर्यो हा ! बित्यास उठ्यो शूल छातीभरि वेदनाको त्यसै भित्रभित्रै गयो कि भूकम्प ?
नवलपरासी, हाल कलैया
|