Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

अर्न्तर्वेदना

वत्सराज कोइराला,

यो मनको गगनमा कति भाव छाए

नयनमा हजारौँ मृदु स्वप्न आए

सबै भाव अल्पे मरे स्वप्न सारा

थिए जिन्दगीका तिनी नै सहारा ।

 

स्मृतिमा जति छन् लुकेका अतीत

सबै चेतनामा छँदै छन् जीवन्त

म कल्पेर बस्थेँ हुँदै अन्तःमुखी

ती दिन सम्झँदामा अझै हुन्छु दुःखी ।

 

र जीवन-जग‌त्‌को जकडमा म अल्झेँ

हँसाई, रुवाई फगतमा म बल्झेँ

न चिन्तन नयाँ भो न दृष्टि नवीन

थियो के, भयो के, रह्यो के मसित ।

 

थिए आस मीठा, भए ती खलास

हतासा छ बढ्दो पर्‍यो हा ! बित्यास

उठ्यो शूल छातीभरि वेदनाको

त्यसै भित्रभित्रै गयो कि भूकम्प ?

 

नवलपरासी, हाल कलैया