Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


सप्ताहान्तको साँझ

वसन्त नेपाली

सप्ताहान्तको साँझ

एक्लै आउँछ,

गुलुपबाट मधुरो पहेँलो उदासी निस्कन्छ

र मेरो अनुहारमा पोतिन्छ,

ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ

अनि एक्लोपनका अनगिन्ती माउसुलीहरू बनेर

रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,

सप्ताहान्तको साँझ

एक्लै आउँछ।

 

हालः चुबु विश्वविद्यालय, जापान