|
|
|
|
रूखको लक्ष्य
--विप्लव ढकाल
रूखलाई एक्लै छाडेर म हिँडेको थिएँ यो जङ्गलबाट ! धेरै वर्षछि म फर्किँदा रूख त्यसरी नै उभिएको थियो !
‘अब तिम्रो सट्टामा म उभिन्छु यो जङ्गलमा तिमी कतै घुमेर आऊ !' मैले विनम्र अनुरोध गरेँ ।
रूख मुस्कुरायो र भन्यो - ‘छोरा ! तिम्रो आगमनसँगै म आफ्नो लक्ष्यको अन्तिम उचाइमा आइपुगेको छु !'
|