Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

 

मलाई होस छैन

- सुमन पोखरेल

 

बाँचिरहेछु सधैँ बेहोसी मै

के छ अघिपछि मलाई होस छैन

 

मातेर हिँड्ने रहर कहाँ हो र ?

सधैँ नै नबाँच्ने ठहर कहाँ हो र?

जीवनलाई कतै समाऊँ भनी

एक सुस्केरा थकाइ मेटाऊँ भनी

आफैँलाई बिर्सी सधैँ बेहोसीमै

किन खोज्छु म तिम्रो अँगालो

नसोध मलाई, मलाई होस छैन

 

एक अंश जीवन सधैँ नै मबाट

मलाई पीडा दिई च्यातिएर भाग्छ

बाँच्नै नदिई छोडी गयो भनी

जोडिई मसँग टुक्री भाग्यो भनी

जताजतै खोजी सधैँ बेहोसीमै

किन दुख्छु एक्लै यसरी मातेर?

नसोध मलाई, मलाई होस छैन।