|
|
|
|
शुभकामनाः त्यो प्रमोदित दिलप्रति --पञ्च विस्मृत
निर्जन निस्तब्ध जङ्गलमाझ भावशून्य चेहरामा खै ! किन हो सुसेल्न लाग्दा सुनेँ- तिम्रै विवाहको बाजा बजिरहेको ।
एउटा असहाय पुष्प अनावृत अनुहार लिएर गहभरि आँसु पार्दै रुँदा खै ! किन हो मेरै नयनबाट भेल बगेको ।
अब त बाँकी यति नै छ त्यो प्रमोदित दिलप्रति सुख-समृद्धि एवम् प्रगतिका शुभकामनाहरू.......।
|