|
|
|
| दुई
गजल १. --मन्दिरा कोइराला ‘मधुश्री’ नआउनुपर्थ्यो सामु आयौ किन ? आइ त सक्यौ फेरि डरायौ किन ? मात्र एक झल्को चिहाउने बहानामा यी नजरमा ती नजर मिसायौ किन ? मदिरामा ‘नँ’ थपिएको प्याला हुँ म व्यर्थै त्यो अधरमा लगायौ किन ? बेहोसीमा मात्र लाग्दैन रे बात नपिउँदै मेरो हात समायौ किन ? ‘मधुश्री’मा मधुर बहार नै छैन सुहागसेज व्यर्थै सजायौ किन ? २. गजराज मदमस्त कसको चाल आयो ? सुशान्त मनमा लहरिँदै छाल आयो ! नयनको एक चुम्बनले घाइते भो मुटु व्यर्थै यी नजरलाई झूटो अवगाल आयो । आत्मीयताको स्पर्शमा सजल भए आँखा सौगातस्वरूप कसको यो रुमाल आयो ? मधुरस पिउनमा मस्त थियो मधुकर लुक्यो घाम र्समाएर क्षितिजमा लाल आयो ∕ उन्मुक्त भई एकफेरा ‘मधुश्री’मा रमाउन हिउँ घुम्टो फ्याँकी र्समाउँदै हिमाल आयो ।। - खनार ४, सुनसरी, फोनः ०२५ ५८०३९१ |
श्रीमती मधुश्रीका प्रशस्त फुटकर गीत र गजलहरू प्रकाशित भएका छन्।