|
|
|
|
गजल प्रकाश आङ्देम्बे कलम कवि आवाज मरे लाटो के’का लागि मान्छे सवै म-यौ भने माटो के’का लागि।
आस्था, प्रेम विश्वासका घरहरू सबै जले जाबो खर बाँसको भाटो के’का लागि।
आपसी मनका नाता जति सबै भत्काई जाबो देखाउन खनिएको बाटो के’का लागि।
तिमी खुल, म खुल्छु, आऔँ हामी सबै खुलौँ आपसमा सन्त्रासको गाँठो के’का लागि ।
|