|
कविता-सहर
मेहराब रहमान
निर्माण होस् कविता सहर, कविता अड्डा,
कविता गोष्ठी
र कविहरूको फूलशय्याको बास
नाना वर्णका कविहरू आउँन्,
आऊँन् नाना जातका र उमेरका कविहरू ।
कुनै एक कविले माइक्रोफोन छोओस्
र त्यो फूल बनोस्
निर्माण होस् शिल्पित सहर
रासका रास फूलहरू चारैतिर
कविताले पौडी खेलोस् फूलहरूको समारोहमा
फूलहरू बनून् निर्मल सागर।
बन्धु कविले आकाश छुँदा
बर्सून् हीराका टुक्राहरू
कसैकसैले दुःख छुँदा
पग्लोस् स्मृतिको बरफ
हजारहजार तारा नाचून भुवनमा
निर्माण होस् कविता सहर।
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी |