|
|
|
|
गजल घनेन्द्र ओझा
अँध्यारो त्यो आकाशमा जून लागेपछि । खुबै राम्री देखिइछ्यौ सुन लागेपछि ।
बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा यस्तै हुन्छ सायद धेरै गुन लागेपछि ।
कहाँ गए जिन्दगीका मीठामीठा कुरा बिर्सिइछ्यौ पराइको नुन लागेपछि ।
कसले पो सम्झिन्छ र जाडोलाई फेरि आङभरि न्यानोन्यानो ऊन लागेपछि ।
बिउँझिँदो रै'छु यसरी नै सपनीमा मनका सारा कुरालाई फुन लागेपछि ।
|