Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

एउटा नयाँ सहर : आकाशमाथिको शहर


शिव प्रकाश

बोस्टन, मे१७

           साहित्य के हो भन्ने विषयमा विभिन्न धारण, मतमतान्तर भएता पनि जीवन जगतका भोगाइहरु विभिन्न रस सौर्न्दर्यका रुपमा अन्तष्करणबाट अभिब्यक्त हुने कलात्मक भावुक विचार नै साहित्य हो भन्ने मलाई लाग्दछ साहित्यका वारेमा धारण वा साहित्यको परिभाषा जे भएता पनि साहित्यको सृजना कसरी हुन्छ ? यो अर्को गहन प्रश्न ! तर यसको सजिलै उत्तर दिएकी छिन् कवियत्री भारती गौतमले आकाशमाथिको शहरमा यसरी -
बगैंचाको शीत बनी रोएको बेला

चराको संगीत बनी रमाएको बेला
खडेरीको अनिकाल बनी डराएको बेला
वसन्तको पालुवा बनी पलाएको बेला
मेरो कविताले मलाई सधैं साथ दिने गर्छ

         हो, एउटा कवि मनलाई, कवि चेतनालाई, कवि भावनालाई राम्रोनराम्रो, मीठोनमीठो, खुशीबेशुसी सुखदुःख जुनसुकै बेलामा पनि कविताले साथ दिन्छ कथाले साथ दिन्छ समग्रमा साहित्यले साथ दिन्छ अझ त्यसलाई संक्षेपमा भन्ने हो भने लेखनले साथ दिन्छ अनि त्यस्तो लेखन नै वास्तवमा साहित्य हुन्छ कवियत्री गौतमको जस्तो विशुद्ध साहित्य !
         यस्तै विभिन्न विषय वस्तु, समय परिस्थिति, अनुभव अनुभूति अनि हाँसो खुशीको समग्रभावको समष्टि स्वरुपमा कलात्मक अभिब्यक्ति शैलीद्वारा आभूषित एउटा काव्यात्मक शहर बसाएकी छिन् कवियत्री भारती गौतमले नेपाली साहित्यको फाँटमा नितान्त नयाँ शहर "आकाशमाथिको शहर" !
       यो शहर ढुङ्गामाटो भौतिक शहर हैन, यो शहर हो - काब्यको शहर ! कल्पनाको शहर ! भावनाको शहर ! सिर्जनाको अलौकिक शहर ! नितान्त नौलो शहर - आकाशमाथिको शहर !
       घरदेश छोडेर धेरै अघि परदेशीएकी कवियात्री गौतमको लामो समयको विश्राम पछि नेपाली साहित्य लेखन क्षेत्रमा आएको सक्रियताले एउटा सरस, सौर्न्दर्य भावपूर्ण साहित्यिक कृति जन्माएको "आकाशमाथिको शहर" भनेर आधुनिक कविता संग्रहको रुपमा !
      आकाशमाथिको शहरमा कवियत्रीले मूलतः मानवीय जीवनका आरोहअवरोहलाई विषय वस्तुका अन्तरभिन्नता अन्तरद्वन्दलाई कलात्मक ढंगले शुक्ष्मतापूर्ण विश्लेषण गरेकी छिन् यी विश्लेषणलाई कवियत्री आफ्ना कवितामा यसरी ब्यक्त गर्छिन-
मान्छेमान्छेबीच मात्र नभएर
इश्वरको सृष्टिसृष्टिबीचकै
साझा साइनो थियो आँसु !
विस्तारै आँसुको भाषा
अब मान्छेमान्छेबीच पनि पराइ हुँदै गइरहेछ
क्लिष्ट हुँदै गइरहेछ
मान्छेले मान्छेको आँसुको भाषा
बुझ्न पनि क्रमशः गाह्रो हुदै गइरहेछ

     कवि ! कवि भनेको स्रष्ट्रा हो त्यसैले कविको मन कोमल हुन्छ, कमलको फूलको केस्राभन्दा पनि कोमल ! कविको मन सागरजस्तो हुन्छ, छछल्कि रहन्छ तरङ्गीत भइरहन्छ दुःखमा कवि कवितमा रुन्छ, शब्दमा रुन्छ, भावमा रुन्छ यसरी युद्ध विभिषिकाबाट अत्तालिएर कवियत्री भारती गौतम आकाशमाथिको शहरमा यसरी रोएकी छिन् -
मेरो मुलुकको डाँडापाखामा यो नयाँसालमा
गुँरास हैन, मेरै नातेदारको रगतले रंगीएको
मेरो मुलुको जंगलमा कोइलीले
रोदन चित्कार गाउन थालेको

      गौतमका कविताहरुमा रुपमात्र हैन, रुपकहरु छन् सौर्न्दर्यलाई बढाउने श्रृङ्गारहरु छन् मिथकहरुमात्र हैन मीठामीठा मिश्रति भाव शैलीहरु छन् कवियत्रीले विम्वहरुसँग खेल्दै प्रतीकहरुसँग रमाउँदै विशुद्ध साहित्यिक कृतिको एउटा शहर बसाएकी छिन्-आकाशमाथिको शहर !
      धेरै उत्कृष्ठ केही मध्यम कविताहरुको समष्टि स्वरुप हो आकाशमाथिको शहर   सेरोफेरो पुरा गरेर बिट मार्दासम्म कतै अल्छि विश्रामको अनुभूत नहुने एउता सुन्दर काब्यत्मक शहरका रुउपमा स्थापित भएको कवियत्री गौतमको आकाशमाथिको शहर !
      कवितामा भाषा शब्द संयोजनले कतै चित्र बोलेका छन् कतै विम्वहरुले प्रकृतिका सुन्दर दृष्यहरु र्छलङ्ग खोलेका छन् आकाशमाथिको शहरलाई यसरी नै सजाएकी छिन् सुन्दर बनाएकी छिन् कवियत्री गौतमले !
      श्रीमती गौतमका कवितामा मानवीय भावना, वेदना, सम्वेदना, चेतना, नियति, निरपेक्षता अनि करुणा, कल्पना, आशा निराशाहरु बोलेका छन् प्रकृतिका रुपप्रारुप, दृष्य सौर्न्दर्यका प्रचुर प्रयोगले कविताको सुन्दरता बढाएका छन्
     आकाशमाथिको यो नौलो शहर बोधगम्य सरल शिष्ट सभ्य समग्रमा पठनीय संग्रहनीय संग्रहमा साठी कविता संग्रहित छन्


२०२१ सालमा हरैँचा मोरङमा जन्मनुभएका शिव प्रकाश हाल बोस्टन अमेरिका मा बसोबास गर्नुहुन्छ। कविता, हास्यव्यङ्ग्य, निवन्ध लेख्‍न रुचाउने श्री शिव प्रकाशका जयनेताजी र गोलमाल जस्ता हास्यव्यङ्ग्य कवितासङ्ग्रह छन्। उहाँ अन्तराष्ट्रिय नेपाली समाजका आजीवन सदस्य हुनाको साथै अन्य चारवटा संघसंस्थामा संलग्न हुनुहुन्छ। सम्पर्कः sprakashp9@gmail.com