|
एउटा नयाँ सहर :
आकाशमाथिको
शहर

शिव
प्रकाश
बोस्टन,
मे१७
साहित्य
के
हो
भन्ने
विषयमा
विभिन्न
धारण,
मतमतान्तर
भएता
पनि
जीवन
र
जगतका
भोगाइहरु
विभिन्न
रस
र
सौर्न्दर्यका
रुपमा
अन्तष्करणबाट
अभिब्यक्त
हुने
कलात्मक
भावुक
विचार
नै
साहित्य
हो
भन्ने
मलाई
लाग्दछ
।
साहित्यका
वारेमा
धारण
वा
साहित्यको
परिभाषा
जे
भएता
पनि
साहित्यको
सृजना
कसरी
हुन्छ ?
यो
अर्को
गहन
प्रश्न
छ !
तर
यसको
सजिलै
उत्तर
दिएकी
छिन्
कवियत्री
भारती
गौतमले
आकाशमाथिको
शहरमा
यसरी -
बगैंचाको
शीत
बनी
म
रोएको
बेला
चराको
संगीत
बनी
म
रमाएको
बेला
खडेरीको
अनिकाल
बनी
म
डराएको
बेला
वसन्तको
पालुवा
बनी
म
पलाएको
बेला
मेरो
कविताले
मलाई
सधैं
साथ
दिने
गर्छ
।
हो, एउटा
कवि
मनलाई,
कवि
चेतनालाई,
कवि
भावनालाई
राम्रोनराम्रो,
मीठोनमीठो,
खुशीबेशुसी
र
सुखदुःख
जुनसुकै
बेलामा
पनि
कविताले
साथ
दिन्छ
।
कथाले
साथ
दिन्छ
।
समग्रमा
साहित्यले
साथ
दिन्छ
।
अझ
त्यसलाई
संक्षेपमा
भन्ने
हो
भने
लेखनले
साथ
दिन्छ
।
अनि
त्यस्तो
लेखन
नै
वास्तवमा
साहित्य
हुन्छ
।
कवियत्री
गौतमको
जस्तो
विशुद्ध
साहित्य !
यस्तै
विभिन्न
विषय
र
वस्तु,
समय
र
परिस्थिति,
अनुभव
र
अनुभूति
अनि
हाँसो
र
खुशीको
समग्रभावको
समष्टि
स्वरुपमा
कलात्मक
अभिब्यक्ति
र
शैलीद्वारा
आभूषित
एउटा
काव्यात्मक
शहर
बसाएकी
छिन्
कवियत्री
भारती
गौतमले
नेपाली
साहित्यको
फाँटमा
नितान्त
नयाँ
शहर "आकाशमाथिको
शहर" !
यो
शहर
ढुङ्गामाटो
भौतिक
शहर
हैन,
यो
शहर
हो -
काब्यको
शहर !
कल्पनाको
शहर !
भावनाको
शहर !
सिर्जनाको
अलौकिक
शहर !
नितान्त
नौलो
शहर -
आकाशमाथिको
शहर !
घरदेश
छोडेर
धेरै
अघि
परदेशीएकी
कवियात्री
गौतमको
लामो
समयको
विश्राम
पछि
नेपाली
साहित्य
लेखन
क्षेत्रमा
आएको
सक्रियताले
एउटा
सरस,
सौर्न्दर्य
र
भावपूर्ण
साहित्यिक
कृति
जन्माएको
छ "आकाशमाथिको
शहर"
भनेर
आधुनिक
कविता
संग्रहको
रुपमा !
आकाशमाथिको
शहरमा
कवियत्रीले
मूलतः
मानवीय
जीवनका
आरोहअवरोहलाई
विषय
र
वस्तुका
अन्तरभिन्नता
र
अन्तरद्वन्दलाई
कलात्मक
ढंगले
शुक्ष्मतापूर्ण
विश्लेषण
गरेकी
छिन्
।
यी
विश्लेषणलाई
कवियत्री
आफ्ना
कवितामा
यसरी
ब्यक्त
गर्छिन-
मान्छेमान्छेबीच
मात्र
नभएर
इश्वरको
सृष्टिसृष्टिबीचकै
साझा
साइनो
थियो
आँसु !
विस्तारै
आँसुको
भाषा
अब
त
मान्छेमान्छेबीच
पनि
पराइ
हुँदै
गइरहेछ
क्लिष्ट
हुँदै
गइरहेछ
मान्छेले
मान्छेको
आँसुको
भाषा
बुझ्न
पनि
क्रमशः
गाह्रो
हुदै
गइरहेछ
।
कवि ! कवि
भनेको
स्रष्ट्रा
हो
।
त्यसैले
कविको
मन
कोमल
हुन्छ,
कमलको
फूलको
केस्राभन्दा
पनि
कोमल !
कविको
मन
सागरजस्तो
हुन्छ,
छछल्कि
रहन्छ
।
तरङ्गीत
भइरहन्छ
।
दुःखमा
कवि
कवितमा
रुन्छ,
शब्दमा
रुन्छ,
भावमा
रुन्छ
।
यसरी
युद्ध
विभिषिकाबाट
अत्तालिएर
कवियत्री
भारती
गौतम
आकाशमाथिको
शहरमा
यसरी
रोएकी
छिन् -
मेरो
मुलुकको
डाँडापाखामा
यो
नयाँसालमा
गुँरास
हैन,
मेरै
नातेदारको
रगतले
रंगीएको
छ
मेरो
मुलुको
जंगलमा
कोइलीले
रोदन
र
चित्कार
गाउन
थालेको
छ
।
गौतमका कविताहरुमा
रुपमात्र
हैन,
रुपकहरु
छन्
।
सौर्न्दर्यलाई
बढाउने
श्रृङ्गारहरु
छन्
।
मिथकहरुमात्र
हैन
मीठामीठा
मिश्रति
भाव
र
शैलीहरु
छन्
।
कवियत्रीले
विम्वहरुसँग
खेल्दै
प्रतीकहरुसँग
रमाउँदै
विशुद्ध
साहित्यिक
कृतिको
एउटा
शहर
बसाएकी
छिन्-आकाशमाथिको
शहर !
धेरै
उत्कृष्ठ
र
केही
मध्यम
कविताहरुको
समष्टि
स्वरुप
हो
आकाशमाथिको
शहर
।
सेरोफेरो
पुरा
गरेर
बिट
मार्दासम्म
कतै
अल्छि
र
विश्रामको
अनुभूत
नहुने
एउता
सुन्दर
काब्यत्मक
शहरका
रुउपमा
स्थापित
भएको
छ
कवियत्री
गौतमको
आकाशमाथिको
शहर !
कवितामा
भाषा
र
शब्द
संयोजनले
कतै
चित्र
बोलेका
छन्
।
कतै
विम्वहरुले
प्रकृतिका
सुन्दर
दृष्यहरु
र्छलङ्ग
खोलेका
छन्
।
आकाशमाथिको
शहरलाई
यसरी
नै
सजाएकी
छिन्
।
सुन्दर
बनाएकी
छिन्
कवियत्री
गौतमले !
श्रीमती
गौतमका
कवितामा
मानवीय
भावना,
वेदना,
सम्वेदना,
चेतना,
नियति,र
निरपेक्षता
अनि
करुणा,
कल्पना,
आशा
र
निराशाहरु
बोलेका
छन्
।
प्रकृतिका
रुपप्रारुप,
दृष्य
र
सौर्न्दर्यका
प्रचुर
प्रयोगले
कविताको
सुन्दरता
बढाएका
छन्
।
आकाशमाथिको
यो
नौलो
शहर
बोधगम्य
छ
।
सरल
छ
।
शिष्ट
छ
।
सभ्य
छ
।
समग्रमा
पठनीय
छ
।
संग्रहनीय
छ
।
संग्रहमा
साठी
कविता
संग्रहित
छन्
। |