Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


समयको क्यानभासमा

--शर्मिला खड्का (दाहाल)

     कथाकार दिवाकर नेपालीज्यू- त्यो अभागी महिला नै थिएँ जसले कृतज्ञताका स्वरोच्चारित शब्दहरूले अभिषेचित हुन नपाई बिछोडिनुपरेको थियो सायद तपाईँले भुलिसक्नुभयो होला - त्यो समय त्यो दिन, तर कसरी भुल्न सक्छु त्यो समय त्यो दिन ! सम्भव भए त्यो समय सूर्यको किरण भैदेओस् जसलाई प्रत्येक बिहान ग्रहण गर्न सकूँ ! त्यो समय एउटा न्यानो सिरक भैदिओस् जुन प्रत्येक चिसा दिनहरूमा ओढ्न सकूँ त्यो समय एउटा शीतल वासना बनिदेओस् जुन प्रत्येक गर्मीमा श्वास लिन सकूँ ! सम्भव भए त्यो समय एउटा क्यानभास भैदेओस् जसमा हाम्रो कथा कोरिएको होस्, तर त्यो सम्भव छैन

       विराटनगरबाट जोगबनी जाने बस - सदाझैँ त्यो दिन पनि जोगबनी जाँदै थिएँ बीचबाटाबाट चढेको हुनाले सिट पाउने सम्भावना नै थिएन बरु चाउचाउ खादा कतै उपहार परिहाल्छ भन्ने सम्भावना होला तर जोगबनीको बसमा बीचबाटोमा चढेर सिट पाउनु करौडौँ रुपैयाँको चिठ्ठा पर्नु बराबर हुन्छ त्यसै समय भुन्डिएको छेउको सिटको मानिस अकस्मात् उठेर झरिदियो मलाई साच्चिकै चिट्ठा पर्यो   त्यहाँ अर्को एकजना पनि मानिस थियो उसलाई मैले त्यति ख्याल गरेकी थिइनँ फ्रेन्च स्टाइलको टोपी लगाएको करिब पचास-पचपन्न वर्षको थियो बस्न के खोज्दै थिएँ, उसले "यहाँ बस्नोस् !" भन्यो उसको बोलीमा मैले आफ्नोपन भेट्टाएँ त्यसपछि उसलाई मैले नियालेर हेरेँ मैले उसलाई कतै देखेको हुनुपर्छ, सुनेको हुनुपर्छ अथवा पढेको हुनुपर्छ

       "तपाईँ कहाँ जाँदै हुनुहुन्छ ?"

उसलाई विश्लेषण गर्दै जवाफ दिन्छु

-"जोगबनी "

-" ! पनि जोगबनी हिँडेको, काठमाडौँबाट आएको, बाटो राम्रो थाहा छैन तपाईँले सहयोग गरिदिनुभए राम्रो हुने थियो "

       यो चिनेकोनजानेको मान्छे सहयोग माग्दै के भनूँ अहिलेको समय, कस्तो मानिस हो सोच्दासोच्दै 'हवस्' भन्न पुग्दछु

       - "तपाईँ यहाँ कहाँ बस्नुहुन्छ ?"

"तीनटोलिया"- काठमाडौँको मान्छे, तीनटोलिया भनेको के थाहा होला

-      "कहाँ काम गर्नुहुन्छ ?"

-      "एउटा क्याम्पसमा लाइब्रेरियन छु "

- " दिवाकर नेपाली हुँ ! काठमाडौँबाट आएको, केही सामान किन्नु बैनीले सहयोग गरिदिनुहुन्थ्यो कि ?"

दिवाकर नेपाली भन्ने शब्द सुन्नेबित्तिकै रोमाञ्चित हुन्छु अहो ! मलाई मनपर्ने कथाकारसँग यति नजिकबाट बोलिरहेछु मैले आफ्नो जिन्दगीमा कहिल्यै कल्पनासम्म गरेकी थिइनँ बिहानको समय, बाहिर सूर्यको किरण छरिन हुस्सुका कणसँग सङ्घर्ष गरिरहेको थियो गाडी ठाउँ-बेठाउँ रोक्दै अगाडि बढिरहेको थियो मेरो मन भने थामिनसक्नुको खुसीको पङ्खा लगाएर उडिरहेको थियो मलाई मनपर्ने कथाकारको बोली आज सुन्न पाइरहेको छु मेरो ढुकढुकी बढ्छ असंयमित विचलित हुन पुग्दछु श्वरको सम्झना गर्न पुग्दछु यस्तो अवस्थामा प्रायः श्वरलाई सम्झने गर्छु आफूलाई केही असजिलोपन महसुस गर्दछु सायद उसले ममा केही हडबडाहट भएको महसुस गर्‍यो होला

- "तपाईँलाई अप्ठयारो पर्छ भने भैगो आफैँ किनेर फर्कुँला "

       आत्तिँदै भन्न पुग्छु - "हैन.. हैन.. सहयोग गरिहाल्छु नि काठमाडौँबाट आउनुभएको मान्छे, यहाँ नयाँ मान्छे देख्नेबित्तिकै ठग्छन् " वास्तविक कुरा उसलाई भन्न सक्दिनँ, उससँग धेरैभन्दा धेरै समय बिताउन चाहन्थेँ मेरो प्रिय कथाकार हो भनेर भन्न सकिरहेको थिइनँ यसो भनेमा उसले मलाई सामान्य व्यवहार नगर्न सक्थ्यो उसको सामान्य व्यवहार हेर्न चाहन्थेँ उसलाई खोलेर पढ्न चाहन्थेँ उसलाई शब्दशब्दमा छरिएको हेर् चाहन्थेँ उसको असामान्य व्यवहारको प्रतिविम्ब उसको प्रत्येक कथामा पढिरहेको नै थिएँ नै। तर अहिले उसलाई भौतिक रूपमा पढ्न खोजिरहको थिएँ त्यसैले मैले उसलाई अपरिचितताको परिचय दिइरहेको थिएँ

       अन्तरिम योजना बनाउन थाल्छु जोगबनीमा किनमेल सकिएपछि उसलाई रिक्सामा लिएर आउनेछु बाटामा झन्डै आधा घण्टा मसँगै हुनेछ त्यस समय उसलाई आफ्ना विषयमा सबै भन्नेछु अनि उसको मोबाइल नम्बर मेल ठेगाना पनि लिनेछु

       मेरो साहित्यमा कसरी रुचि बढ्यो - त्यसको आफ्नै कथा मेरो घरछेउमा हिन्दी पत्रपत्रिका बेच्ने थोक बिक्रेताको डेरा थियो बिहे हुनुअघि मसँग प्रशस्त समय हुन्थ्यो त्यस समयमा गृहशोभा, मनोरमा, कादम्बिनी, सरिता आदि खूब पढ्थेँ त्यस समयमा नेपाली पत्रपत्रिका उतिसाह्रो निस्कँदैनथे। ती पत्रपत्रिकामा भएका कथाले मलाई कथाप्रति निकै रुचि जगाउन थाल्यो हिन्दी कथाकार प्रेमचन्द, रवीन्द्रनाथ टैगोर, जैनेन्द्र, कमलेश्वर, सत्यजीत रे आदिका कथाहरू खूब पढ्थेँ उक्त थोक बिक्रेता पनि मलाई चाहेजति किताब पढ्न दिन्थ्यो मेरो विवाह विराटनगरमै भयो बिहेपछि एउटा क्याम्पसमा लाइब्रेरियनको काम पाएँ लाइब्रेरीमा धेरैजसो फुर्सद हुने किताबसम्बन्धी चर्चा-परिचर्चा हुने हुनाले मेरो आख्यानसाहित्यमा चासो बढ्दै गर्यो विभिन्न नेपाली तथा विदेशी आख्यानकार कथाकारका किताबहरू पढ्न थालेँ। पढ्ने क्रममा नेपाली कथाकार दिवाकारको कथाले मलाई अत्यन्त आकषिर्त र्‍यो त्यसपछि उसका प्रत्येक कथाहरू पढ्न थालेँ उसका कथामा नारी-पुरुषबीचको सम्बन्धलाई कसरी विश्लेषण गरेको हुन्छ भने प्रत्येक पाठकले आफू नारी हुँ कि पुरुष हुँ भन्ने कुरा नै भुल्थ्यो उसको कथाशिल्पमा पाठक वर्तमानमा छु कि विगतमा छु वा भविष्यमा छु भन्ने कुरा नै भुल्थ्यो उसको कथाका यिनै विशेषताले उसको कथाप्रति मोहित भएको थिएँ उसका नयाँनयाँ कथाहरू प्राय वेभसाइटमा आउने गर्दथे त्यो हेर्ने गर्दथेँ त्यसपछि पत्रिकामा छापिन्थ्यो पत्रिकामा छापिएको मलाई बासी लाग्दथ्यो

       उसका कथाको विषयमा लाइब्रेरीमा पनि चर्चा हुने गर्दथ्यो लाइब्रेरीमा प्रायः पुस्तकसम्बन्धी चर्चा नै हुने गर्दथ्यो पुस्तकसम्बन्धी चर्चा हुँदा आफू केही नजानेको जस्तो हुनुभन्दा केही पढेर दुई-चारजना नेपाली तथा विदेशी लेखकको नाम भन्न सके आफैँलाई गौरव पनि लाग्दथ्यो अझ भनौ अङ्ग्रेजीको कति नै धेरै ज्ञाताझैँ विदेशी लेखकहरू मोपासा, काफ्का, लियो टाल्सटाय, नट ह्यामसुन, अर्नेस्ट हेमिङवे, सलिमा सरिन, समरसेट मम आदि लेखकका नाम भन्नसक्दा आफैँ गमक्क परेको हुन्थेँ।  त्यसैले धेरैजसो महिला सिरियल