Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


अनेसास उत्कृष्ट पुस्तक पुरस्कार घोषणा

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २००७ विजेताको घोषणा

 

अनेसास पुरस्कार चयन समिति (२००७) को तर्फबाट आज जुलाई १५ २००७(३१असार २०६४) आइतवारका दिन अमेरिकाको भर्जिनियामा आयोजित अनेसासको १६औँ वार्षिक साधारण सभा तथा १९४औँ भानु जयन्तीको उपलक्षमा आयोजित समारोहमा म यो घोषणा गर्न पाउँदा म आफूलाई गौरवान्वित महसुस गर्दछु। यी पुरस्कारहरू प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिँदै आएको कुरा यहाँहरूलाई स्मरण गराउँदछु। आज पुरस्कृत पुस्तकहरू सन् २००५-२००६ मा प्रकाशित भएका हुन्। यसपालाको प्रतियोगितामा विभिन्न विधाका जम्मा ६५ वटा पुस्तकले प्रवेश पाएका थिए। पुरस्कार चयन समितिका सबै सदस्यहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। यसैगरी अनेसास पदाधिकारीहरू, पुरस्कार निर्णायक समितिका निर्णायकहरूका साथै यो अत्यन्तै कठिन तथा उत्कृष्ट कार्यमा हामीलाई सघाउनुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः धन्यवाद दिन चाहुन्छु।

पुरस्कृत व्यक्तित्व तथा कृतिहरू (विधागत रूपमा)

क्र.स.

पुरस्कृत पुस्तक

लेखक

वर्ष

पुरस्कृत विधा

 

उत्तर आधुनिक ऐना

डा. गोविन्दराज भट्टराई

२००५

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार

 

युद्धका छायाहरू

क्षेत्रप्रताप अधिकारी

२००६

गण्डकी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार

 

अनाम पहाडमा फनफनी

युवराज नयाँघरे

२००६

चेतनाथ घिमिरे मेची अञ्चल उत्कृष्ट पुरस्कार

 

कपुरी क

गहनाथ पौडेल

२००५

शारा बाल उत्कृष्ठ पुस्तक पुरस्कार

 

नबिर्सने दिनहरू

श्रीओम श्रेष्ठ रोदन

२००५

लक्ष्मण सत्याल बागमती अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार

 

च्यात्न नसकेको चिठी

डा. दीपक खड्का

२००५

डिल्लीराम तिमसिना नयाँ प्रतिभा उत्कृष्ट पुस्तक पुरस्कार

 

कविताको संरचनात्मक विश्लेषण

डा. खगेन्द्रप्रसाद लुईँटेल

२००५

सीता पाण्डे कोसी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार

 

म बिनाको मेरो जीवन

कमला प्रसाईँ ढकाल

२००६

हरिभक्त कटुवाल गीती कविता उत्कृष्ट पुस्तक पुरस्कार

गोलमाल

शिवप्रकाश

२००६

हास्यव्यङ्ग्य अनन्त उत्कृष्ट पुस्तक पुरस्कार

 

१०

मधुरिमा

रुकु कार्की

२००६

गोविन्द गिरी नारायणी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार

 

११

आप्रवासका सुसेली

होमनाथ सुवेदी

२००६

रोहिणी शर्मा धवलागिरी अञ्चलस्तरीय पुस्तक पुरस्कार

 

१२

सानी

शर्मिला खड्का

२००५

डिल्लीराम तिमसिना उत्कृष्ट नारी हस्ताक्षर उत्कृष्ट पुस्तक पुरस्कार

 

१३

सम्झनाको झरी अमेरिकामा घरिघरी

प्रमिला शर्मा

२००५

ठाकुरप्रसाद जनकपुर अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार

 

 

सुमनराज तिमिसिना

अध्यक्ष

अनेसास पुरस्कार समिति

कलेजभिल पेन्सिल्भानिया, संयुक्त राज्य अमेरिका