Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल  

 --मिश्र वैजयन्ती

साउती मार्छ बतासले मीठा तिम्रा कुरा

प्रीति गाँस्छ लय तनमा मीठा तिम्रा कुरा ।

 

तस्विर नाच्छ आँखाभरि त्यो मनको सङ्लो

बसी खिल्छ दिलमा फूल मीठा तिम्रा कुरा ।

 

जिन्दगीको पल राम्रो तिमी सँगै हिँड्दा

पिऊँ लाग्छ युगौँयुग मीठा तिम्रा कुरा ।

 

बेहोसीले डोर्‍याउँछ समीपमा प्रिय तिम्रो

मात लाग्छ आङभरि मीठा तिम्रा कुरा ।

 

एकान्तमा तिम्रो धुन छुँदै बग्छ नशाबाट

ज लाग्छ आँखाभरि मीठा तिम्रा कुरा ।

 

वि.सं २०२५ मा ताप्लेजुङमा जन्मनुभएकी मिश्र वैजयन्ती हाइकु, कविता, कथा तथा समीक्षा लेखनमा विशेष रुचि देखाउनुहुन्छ। उहाँका संवेदनाका नागबेलीहरू(हाइकुसङ्ग्रह) र मोरङका समकालिन कविता(सहलेखन) गरी दुई कृति प्रकाशित छन्। हाल उर्लाबारीमा बसोबास गरी शिक्षण पेसामा संलग्न वैजयन्तीले तीनवटा साहित्यक पुरस्कार प्राप्त गर्नुभएको छ। सम्पर्कः bjturl@yahoo.com