|
|
|
|
कवितासहर --मेहराब रहमान
निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।
कुनै एक कविले माइक्रोफोन छोओस् र त्यो फूल बनोस् निर्माण होस् शिल्पित सहर रासका रास फूलहरू चारैतिर कविताले पौडी खेलोस फूलहरूको समारोहमा फूलहरू बनून् निर्मल सागर।
बन्धु कविले आकाश छुँदा बर्सून् हीराका टुक्राहरू कसैकसैले दुःख छुँदा पग्लोस् स्मृतिको बरफ हजारहजार तारा नाचून भुवनमा निर्माण होस् कविता सहर।
मूल बङ्गाली भाषाबाट अनुवाद, अनुवादकः कुमुद अधिकारी। |
|
मेहराब रहमान, बङ्गलादेशका सशक्त समकालिन कवि। कृतिहरूः भालोबासार अन्तराल, घरके करबो स्वर्ग, शेष श्रावनेर शेष बिकेले आदि। प्रस्तुत कविता शेष श्रावनेर शेष बिकेलेबाट अनुवाद गरिएको हो। |