|
|
|
|
केही हाइकु --केशव बरुवाल ‘पथिक‘
भित्तेपात्रोमा कैयौँ सूर्य उदाए तारा अस्ताए।
सूर्य ओर्लियो बटुकाको पानीमा प्यास मेट्न।
बलात्कृत भो तिम्रो अङ्गमा वस्त्र आधुनिकताले।
सुटुक्क छोइन् परदेशबाट कान्छीले हावा बनेर।
इटहरी सुनसरी
|
|
|
सन् १९७५ मा रूनीखाटा, असम, भारतमा जन्मनुभएका श्री केशव बरूवाल'पथिक' अध्ययन चिन्तन र भ्रमणका साथै हाइकु लेखनमा अत्यन्त रूचि राख्नुहुन्छ। हाल उहाँ कोसी सेन्ट जेम्स उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्छ। |