|
|
|
|
गजल --मनोज तपस्वी
घाम चुहुने, जून चुहुने छानो राम्रो हाम्रो घरको पसिनाले नभरिने मानो राम्रो हाम्रो घरको
साहुको खेतमा लहलह फल्या‘ धानको के कुरा भो सिला-साङ्ला बटुलेको दानो राम्रो हाम्रो घरको
हरेक बिहान एउटा ऐना फुट्छ हजुर के गर्नु र खुकुरीले भाग्य गिँड्ने अचानो राम्रो हाम्रो घरको
जहिलेसुकै अभावको आँधीहुरी चलिदिँदा पालैपालो छुटिदिँदा भक्कानो राम्रो हाम्रो घरको। |
|
|
२०४४ साल असार ३ गते हर्कटे इलाममा जन्मी हाल अनारमनी बिर्तामोडमा बसोबास गर्ने श्री मनोज तपस्वी, कथा, गजल र कविता सिर्जना गर्नुहुन्छ। उहाँको संलग्नता प्रेस चौतारी, झापा, नेपाली गणतान्त्रिक साहित्यिक अभियान झापा, जिल्ला गजलमञ्च झापा र भेटघाट चौतारी, बिर्तामोडमा रहेको छ। सम्पर्कः tapasvi138@yahoo.com |