Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


समयसँग

पूर्णिमा बर्मन

 

समयसँग

सबैथोक बदलिन्छ

ठाउँ, अनुहार, सोच

र सम्बन्ध ।

शब्दहरू बेइमान बन्दछन्

चक्रव्यूहबाट घेरिन्छन्

भीष्मप्रतिज्ञाहरू।

 

समय कलाकारले झैँ

भित्तामा

आफैँ कोर्छ

इतिहास।

 

हामी हेर्छोँ मात्रै

दर्शकसरह

अनि रूपान्तर गर्छोँ

आ-आफ्ना भाषाहरूमा।

 

रूपान्तर शब्दहरूको

रूपान्तर प्रतिज्ञाहरूको

ठाउँ, अनुहार, सोच

र सम्बन्धहरूको ।

 

मूल हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

काव्य सिर्जनामा रम्नुहुने पूर्णिमा बर्मन, सारजहाँमा बसेर हिन्दीका उत्कृष्ट जालपत्रिकाहरू अभिव्यक्ति (www.abhivyakti-hindi.org)  र अनुभूति (www.anubhuti-hindi.org) को सम्पादन गर्नुहुन्छ। उहाँका प्रकाशित कृतिहरूमा वक्त के साथ  मुख्य  रहेको छ

सम्पर्कः abhi_vyakti@hotmail.com