Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


मधेस-आन्दोलनसम्बन्धी

उपन्यासको

विमोचन कार्यक्रम

 

गत वैशाख १५ गते मैतिदेवीमा धीर कुमार श्रेष्ठको उपन्यास 'घुर'  विमोचित भयो।

      यस कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीले पूर्वदीप्ति शैली चेतनप्रवाहपद्धतिको प्रयोग गरी आत्मसंस्मरण रूपमा लेखिएको उपन्यासले इतिहासमा छायामा पर्न सक्ने मधेसआन्दोलनलाई साहित्यमा शाश्वतीकरण गरेको भन्नुभयो उपस्थित सबै सर्जकले सभापतित्व गर्नुभएको सो कार्यक्रममा प्रा. जीवेन्द्रदेव गिरीले झर्रा शब्दको समेत प्रयोग गरी लेखिएको उपन्यासले आन्दोलनका राम्रा नराम्रा पक्षका बारेमा प्रकाश पार्दै खराब कुराप्रति वितृष्णा राष्ट्रिय एकताका पक्षमा मत व्यक्त गरेको भन्नुभयो उपन्यास पढ्दा मधेस पुगेको अनुभूति हुन्छ भन्ने उहाँको विचार थियो पत्रकार एवम् साहित्यकार विजय चालिसेले पत्रकारिता साहित्यको फ्युजन भएको रिपोर्ताज भन्नुभयो अर्का साहित्यकार धीरेन्द्र प्रेमर्षिले साम्प्रदायिक विद्वेष नफैलिएको राजविराजलाई आन्दोलनको उदाहरणीय केन्द्रबिन्दुमा राखी लेखिएको उपन्यास स्वयम्‌मा एउटा उपलब्धि भएको बताउनुभयो पत्रकार एवम् साहित्यकार राजकुमार बानियाँले नयाँ विषयलाई अनुभूत गरी समसामयिक घटनामा आधारित रोचक उपन्यासको संज्ञा दिनुभयो

      उपन्यासका कमजोर पक्षहरुका बारेमा पनि खुलेर चर्चा गरिएको कार्यक्रममा टिप्पणीकारहरू गोपाल पराजुलीले मधेसआन्दोलनका पाँच कारण, मणि लोहनीले मिथकका रूपमा शीर्षकको प्रयोग, कृष्ण शाह यात्रीले मधेसी रङ्गमञ्चको यथार्थ तस्बिर, बालाकृष्ण अधिकारीले शैलीगत विविधतामा लेखिएको कला विचारको समन्वय भएको आञ्चलिक उपन्यास, करुण ढकालले यथार्थवादी उपन्यासको अभावपूर्ति धीरज गिरी 'कल्पित' ले आन्दोलनका स्वरूपलाई उपन्यासले व्यक्त गरेका जस्ता धारणा प्रकट गर्नुभयो देवी नेपालले उद्‌घोषण गर्नुभएको कार्यक्रममा उपन्यासकारले पनि उपन्यासलेखनको प्रेरणास्रोत कारणका बारेमा प्रकाश पार्नुभयो

 


धीरकुमार श्रेष्ठ
सम्पर्कः
dhires@gmail.com
फोन
९८४१-३६२०३२