|
|
|
|
|
|
गजल
तुफान नसहेका चोटहरू गजलमा हराए सहेका चाहिँ धेरै-धेरैले मन पराए
म कहिले सन्की त कहिले पागल बनेँ कहिले बाटो-बाटोमा एक्लै-एक्लै कराएँ
कुन चोट थिएन होला म नरोएको हर आँसुमा तिमीलाई अलग पाएँ
म सहारा खोज्थेँ, तिमी दूरी खोज्थ्यौ जान्दिनौ तिमी के सोचेर मन बुझाएँ
जिन्दगी तिमीलाई गुलाफको बिस्तरा होस् म जस्तो थिएँ आखिर उस्तैमै सुहाएँ ।
· सौराहा, चितवन hawa_ko_jhoka@yahoo.com |