|
|
|
|
|
|
रातको गङ्गा -- रश्मिशेखर
जूनकीरीहरू बत्ती निभाएर जङ्गल पसे रात झनै अँध्यारो भयो
आँखाहरू धेरैबेर छटपटाए र कानेखुसी गर्दै रातको गङ्गामा फाल हाने
लाटोकोसेराहरू किनारमा जाल हान्दै आँखाको लोभ ढुकिरहेछन्
रातको गङ्गा नुहाएर अदृश्य भए भ्रमहरू आँखा अँध्यारोमा झनै सफा भए।
(तलबाट माथि वा माथिबाट तल पढ्न र बुझ्न सकिने प्रयोगकविता) बिर्तामोड, झापा।
|