|
|
|
|
|
|
गीत --इन्द्र जी. मुखभरि मानाका माना बोकेर र्याल अझै पनि डुल्दो रै‘छ सहरमा स्याल
आफूलाई सुनै ठान्छन् अरूलाई फलाम बगलीमा कैँची बोकी मुखमा रामराम
मुर्दाहरूको गिदीमा छ कि छैन ख्याल अझै पनि डुल्दो रै‘छ सहरमा स्याल
रेसमले ढाके पनि तिमीहरू नाङ्गै छौ बाहिर हेर्दा सोझो बन्छौ भित्र चैँ बाङ्गै छौ
भत्किसके तिम्रा घरका सारा ढोकाझ्याल अझै पनि डुल्दो रै‘छ सहरमा स्याल।
प्रकाशपुर- १, सुनसरी।
|