|
|
|
|
|
|
गजल --घनेन्द्र ओझा
परे मर्छु भोकले म दास बाँच्न सक्दिनँ म खोज्छु मूल्य कामको म लास बाँच्न सक्दिनँ।
उठौँ नि हातहातमा लिएर एक काममा बिहान-बेलुकी सधैँ म आस बाँच्न सक्दिनँ।
स्वतन्त्रता त भोगको हुनेछ निम्ति भन्दथे परेर पिँजडा कठै म खास बाँच्न सक्दिनँ।
बनेन कानुनै तथा बनेन संविधान नै दुःखी सधैँ छ दुःखमै म भास बाँच्न सक्दिनँ।
बसेर रक्तभेलमा म सक्छु ज्यून के गरी सहेर पीर दुष्टको म पास बाँच्न सक्दिनँ।
³ शनिश्चरे – ९, मोरङ।
|