Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

गजल

                                         --सुनिता न्यौपाने

बोल्छन् एक गर्छन् अनेक छल अनौठो

थर्काउने दुनियाँलाई बल अनौठो

 

मजबुत छन् बन्दुकले टोली दायाँ बायाँ

भिन्नभिन्न सिद्धान्तको छल अनौठो

 

तीतोलाई मीठो भयो भन्नैपर्छ यहाँ

कस्तो आयो त्रासमय पल अनौठो

 

कागती हो भन्दाभन्दै रिठ्ठा फैलेछन्

दुष्ट बिरुवा हुर्काउने मल अनौठो

 

बोल्छन् एक गर्छन् अनेक छल अनौठो

थर्काउने दुनियाँलाई बल अनौठो।

 

जीतपुर - ५, मार्से

इलाम।