|
|
|
|
गजल --सुवास 'विभास' श्रेष्ठ गहुँगोरी खोज्या मैले तिमी त काली रहिछौ सियो बनी पस्ने अनि निस्कने फाली रहिछौ।
नेवारको छोरो हुँ म जातपात मतलब छैन केरा खाई बोक्रा फ्याँकी चिप्ल्याउने जाली रहिछौ।
सबैको अघिपछि कालेसेते, मोटे-घाटे उमेर नि ढल्किसक्यो तिमी भने खाली रहिछौ।
भेटघाट बढ्दै जाँदा नाता केलाउँदै जाँदा नचिनेको मात्रै पो, आफ्नै घरकी साली रहिछौ।
टक्सार -९ विभासबस्ती, भोजपुर।
|