|
|
|
|
रुबाई --प्रकाश आङ्देम्बे 1 कमिला यत्र-तत्र, हात्ती सिक्रीमा छ असीमित चाहनाहरू दिनरात फिक्रीमा छ आउनुहोस् सस्तोमा मिलाएर लानुहोस् आजभोलि यो ज्यान पनि बिक्रीमा छ। 2 आऊ प्रिय प्रेम दिगो पार्न मिलन हाम्रो मन्द छ यौवनको खेल खेलौँ क्यार नशा नै नशाको गन्ध छ श्रीमतीले हात झड्कारिन्, थप्पड हानिन् र भनिन् ''सावधान, सम्भव छैन किनकि आज नेपाल बन्द छ।
दमक ('ग्यास च्याम्बरमा बुद्ध'बाट)
|