|
|
|
|
गजल --एकु घिमिरे
हामी हाकी भन्छौँ, खासखुसको विरोध गर्छौँ सद्दामलाई मारेदेखि बुसको विरोध गर्छौँ।
फेरि ढुङ्गे युगतिर पाइला चालौँ कसरी फाल्गुनपछि आउने पुसको विरोध गर्छौँ।
दूधको साक्षी बिराला सेतोलाई कालो भन्छन् ज-जसले समर्थन गर्छ उस-उसको विरोध गर्छौँ।
शान्ति-शान्ति जप्दै मान्छे मार्नेलाई के भन्नु मृत्युदण्ड, हत्या-हिंसा एम्बुसको विरोध गर्छौँ।
श्रीअन्तु- २, इलाम।
|