Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

                        लहरा पहरा र सिताराहरू

--दीपा शर्मा

ब्रह्मकालबाटै

लहराहरू उब्‍जाइन्छन् ठूलाठूला फल

पुष्ट

स्वादिष्ट

कहाँ सके र उब्‍जाउन लहराहरूले

एक जोडी गोडा, हाड दह्रिएका

आफैँले आफैँलाई उभ्याउन

ठिङ्ग...................................

 

पहराहरू हुँकार गर्छन् अटल रहने

भुइँचालोमा भत्किहाल्छन्

पहिरोमा पुरिइहाल्छन्.................

 

पाइन चढेपछि सितारा चमक्क

ज्योति आँखामा

पाइन उठेपछि सितारा झमक्क

कसिङ्गर आँखामा...............

 

***