Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

गजल

--सुमन पोखरेल

मन दुख्‍ने गरी सँधै धाइरह्यो

दिनरात तिम्रो याद आइरह्यो

 

बिर्सनै दिएन मलाई तिम्रो बिछोड

न्याउलीले एकनास रुँदै गाइरह्यो

 

मनलाई  स्याहार्न गरेथेँ प्रेम मैले

त्यही प्रेमले नै मन खाइरह्यो

 

तिमी भेटिनुअघि कहाँ थ्यो त्यो माया

जो बादलझैँ मनमा सँधै छाइरह्यो

 

मायाको उपहार या खुसी या चोट

खुसी तिमीले लग्यौ चोट मलाई रह्यो।

 

*****

 

 

विराटनगर।