|
|
|
|
गजल --रवि वाग्ले यो देश दुख्छ भने मैले के गर्नु सागर सुक्छ भने मैले के गर्नु ?
हरेक मान्छे शिखर उक्लन्छ र चुचुरो थुक्छ भने, मैले के गर्नु ?
शान्तिका लागि उडाएको पक्षी त्यो बादलमा लुक्छ भने मैले के गर्नु ?
टेकेर नेपालीको छातीमाथि विदेश पुग्छ भने मैले के गर्नु ?
गरेर नीलो यात्रा फेरि सबैले त्यो यात्रा रूक्छ भने मैले के गर्नु ?
******
सर्लाही, हजारिया-1 (हाल विराटनगर)
|