|
|
|
|
गजल --मनु मन्जिल
आँधीको माझमा उभेको दिन तिम्रो प्रेमको अर्थ बुझेको दिन
तिमीले मसित उज्यालो माग्यौ बिहानै घाम डुबेको दिन
पहाड अग्लो चढूँ म भन्थेँ पहिरो गो म पुगेको दिन
भमरा हरायो बगैँचामा फूलको अधर चुमेको दिन
रूप हेर्ने बहानामा तिमी आइछ्यौ मेरो घरको ऐना चुकेको दिन।
*****
|