Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

मेरो टोपी कविताले लगाउँछ

--मञ्जुल

मेरो टोपी

कहिलेकाहीँ दराजले लगाउँछ

कहिलेकाहीँ बाकसले

 

कहिलेकाहीँ गलैँचाले लगाउँछ

कहिलेकाहीँ गिटारले

 

कहिलेकाहीँ कुर्सीले लगाउँछ

कहिलेकाहीँ पर्खालले

 

मेरो टोपी

कहिलेकाहीँ मेरो कविताले लगाउँछ।

 

म चाहन्छु

मेरो टोपी आकाशले लगाओस्

सारा नीलिमाले,

बहिरहने बतासले लगाओस्।

 

यस्तो सोचिरहेका बेला

मेरो टोपी

कि त मेरी सानी छोरीले लगाइरहेकी हुन्छे

कि घरको अँध्यारो कुनाले

 

कसैले वास्ता नगरिएको

मिल्किएको घरको कुनाले.....।

******