Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

पौर सन्तति

--डा. मेदिनीप्रसाद नेपाल

धराशायी

आर्यसंस्कृति

आधुनिकताको पीडादायी प्रीत बोकेर

अन्योलमा छ।

 

उसको

दुःखित हृदयपट

अभिशप्त अनुहार

अश्रुपूर्ण नयन

परेलासहित भिजेका छन्।

 

चिरिच्याँट्ट सपना

दृष्टिमा सुन्दरता बोकेर

दौडिरहेछ

सँगाल्न

जीवन उत्कर्ष गरिरहेछ

एक ध्रुवबाट अर्को ध्रुव

सैसैला खेलिरहेछ/सैसैला खेलिरहेछ।

 

सहज-आनन्द

लुटाउँछ

प्रताडित मनमन्दिर बोकेर

ऊ सँधै-सँधै हतारमा छ

पौर सन्तति।

 

उसलाई पौरले

शक्ति-स्रोत र वैभव प्रदान गर्छ

स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै

दौडिरहेछ/दौडिरहेछ।

 

ऊ मिथ्याभास प्रयोग गर्न

खप्पिस छ

कहिल्यै हच्किँदैन ऊ

यो पौर सभ्यताकै वरदान हो।

 

खामिएको छ

सोख सांसारिक बाहुल्य

ख्यालठट्टा र परितुष्टि

सिसीभरि मदिरा र सेकुवा

पौर प्रदान गर्छ।

 

अविश्वासको खेती गर्छ

योजनाका वाक्यांशबखानले

कब्जाको रमझम उपलब्धिले

किरन्टोकी बदसुरत

पौर सन्तति।

 

*******