|
|
|
|
ढोका --भीष्म उप्रेती
1. ढोका खोलेर म भित्र गएँ र छक्क परेँ।
विगतमा जस्तै यसपल्ट पनि म त बाहिरै थिएँ।
2. ढोका बनाउन बसेको म ढोका बनाउँदा बनाउँदै स्वयम् ढोका भएँ।
कवि कलाकार गायक र सङ्गीतकार शिक्षक पत्रकार विचारक र जलुसहरू समेत अनुभूति र विचारका खुट्टाहरू टेकेर सबै भित्र गए र आआफ्नो ठाउँ बनाएर बसे
तर ढोका बनाउन बसेको म ढोका बनाउँदा-बनाउँदै न त भित्र गएँ, न त बाहिर नै म त स्वयम् ढोका भएँ त्यहीँ जडवत्।
*****
|