Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 दुई गजल
१.
                                                                                  --मन्दिरा कोइरालामधुश्री’
नआउनुपर्थ्यो सामु आयौ किन ?
आइ त सक्यौ फेरि डरायौ किन ?
मात्र एक झल्को चिहाउने बहानामा
यी नजरमा ती नजर मिसायौ किन ?
मदिरामा ‘नँ’ थपिएको प्याला हुँ
व्यर्थै त्यो अधरमा लगायौ किन ?
बेहोसीमा मात्र लाग्दैन रे बात
नपिउँदै मेरो हात समायौ किन ?
मधुश्री’मा मधुर बहार नै छैन
सुहागसेज व्यर्थै सजायौ किन ?
२.
गजराज मदमस्त कसको चाल आयो ?
सुशान्त मनमा लहरिँदै छाल आयो !
नयनको एक चुम्बनले घाइते भो मुटु
व्यर्थै यी नजरलाई झूटो अवगाल आयो ।
आत्मीयताको स्पर्शमा सजल भए आँखा
सौगातस्वरूप कसको यो रुमाल आयो ?
मधुरस पिउनमा मस्त थियो मधुकर
लुक्यो घाम र्समाएर क्षितिजमा लाल आयो ∕
उन्मुक्त भई एकफेरा मधुश्री’मा रमाउन
हिउँ घुम्टो फ्याँकी र्समाउँदै हिमाल आयो ।।
- खनार ४, सुनसरी, फोनः ०२५ ५८०३९१
 

श्रीमती मधुश्रीका प्रशस्त फुटकर गीत र गजलहरू प्रकाशित भएका छन्।